logo
२०८१ बैशाख ८ शनिवार



मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

खुला |


मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु


तनहुँ, चैत्र २५ गते। मोटरसाइकलले ठक्कर दिँदा तनहुँमा एक वृद्धको मृत्यु भएको छ। पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ देउरालीमा लु ७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते हुनुभएका कार्कीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो।

दुर्घटनाको अनुसन्धानको लागि मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभएको छ। गण्डकी अस्पताल पोखरामा पोष्टमार्टम गरेपछि शव परिवारले बुझेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?