परराष्ट्रमन्त्री रुसी महासङ्घ र सर्वियाको भ्रमण गर्दै
गोरखापत्र अनलाइन ,
मंसिर ५, २०७६ बिहीबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्नुहुने भएको छ । यही मङ्सिर ७ गते उहाँ मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।