तामाखानी अध्ययनका लागि पूर्वाधार बनाइँदै
गोरखापत्र अनलाइन ,
मंसिर ७, २०७६ शनिबार
मकवानपुरको राक्सिराङ गाउँपालिका –९ महाभारत पहाडस्थित ठूलो खैराङमा रहेको तामाखानी उत्खनन्का लागि सरकारले पूर्वाधार निर्माण सुरु गरेको छ ।
चालू आर्थिक बर्ष २०७६/२०७७ का लागि प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तामाखानी उत्खनन्का लागि पूर्वाधार तयार पार्न ५० लाख रुपियाँ विनियाजन गरेको छ ।