गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डललाई घुससहित पक्राउ गरेको दाबी गरेको छ । आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले प्रमुख मण्डललाई कार्यकक्षमै घुस लिँदा पक्राउ गरेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार जग्गा सम्बन्धी मुद्दामा मण्डललाई घुससहित पक्राउ गरिएको छ । प्रमुख मण्डललाई थप अनुसन्धानको लागि आयोगको बर्दिबासस्थित कार्यालयमा राखिएको छ । सुकुम्बासीको मुद्दामा उच्च अदालत राजबिराजले माँगेको चिठीको जवाबमा मुद्दा पक्षको अनुकूल हुने गरी लेखिदिने प्रयोजनको लागि मण्डलले पाँच लाख घुस लिएको आयोगले जनाएको छ ।