माघे सङ्क्रान्तिमा तरूलको व्यापार (फोटो फिचर)
विष्णु पाण्डेय
पुष २९, २०७८ बिहीबार
नेपालका हरेक चाडपर्वको फरक विशेषता छन् । नेपालीले फरकफरक चाडपर्वमा फरक परिकार खाने गर्छन्। दसैँमा दही, चिउरा र मासुको परिकार खाइन्छ भने तिहारमा सेलरोटीको महत्व हुन्छ । माघे सङ्क्रान्ति भन्ने बित्तिकै तरुल, चाकु र तिलका लड्डुको याद आइहाल्छ । चाकु र तिलका लड्डुको चलन सहर क्षेत्रमा बढी देखिन्छ । माघे सङ्क्रान्ति भन्ने बित्तिकै धेरै नेपालीले खाने तरुल, पिँडालु, सखरखण्ड हुन् ।