काठमाडौं,पुस २६ गते । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाडौं ल्याएको छ । पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहाले एकीकरणका बेला तय गरेको बाटोबाट सेनाले उक्त टर्च ल्याएको हो ।
टर्चलाई अहिले हनुमानढोकामा राखिएको छ । मंगलबार(भोलि) पृथ्वी जयन्तीको दिन जङ्गी अड्डा लगिने सेनाले जनाएको छ । एकीकरण पदयात्राको टोलीले गोरखाबाट पुस २१ मा टर्च लिएर हिडेको थियो ।