जनता र राष्ट्रलाई धोका दिन्न : सभामुख सापकोटा
गोरखापत्र अनलाइन
पुष २५, २०७८ आइतवार
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्र र जनतालाई धोका हुने काम नगर्ने बताउनुभएको छ । जिल्लाको विकास निमार्ण अनुगमन गर्न सिन्धुपाल्चोक आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । ‘देश र नागरिकको हित विपरित सदन र सडकबाट कुनै काम गर्न दिन्न’, सभामुख सापकोटाले भन्नुभयो, ‘जनता र राष्ट्रलाई धोका दिने काम मबाट हुँदैन ।’