logo
२०८१ मंसिर ११ मंगलवार



जनता र राष्ट्रलाई धोका दिन्न : सभामुख सापकोटा

मुख्य समाचार |
राजनीति |


जनता र राष्ट्रलाई धोका दिन्न : सभामुख सापकोटा
सिन्धुपाल्चोकमा स्थानीयसँग सभामुख अग्निप्रसाद सापकोटा ।


चित्र मिजार
सिन्धुपाल्चोक, पुस २५ गते । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्र र जनतालाई धोका हुने काम नगर्ने बताउनुभएको छ । जिल्लाको विकास निमार्ण अनुगमन गर्न सिन्धुपाल्चोक आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । ‘देश र नागरिकको हित विपरित सदन र सडकबाट कुनै काम गर्न दिन्न’, सभामुख सापकोटाले भन्नुभयो, ‘जनता र राष्ट्रलाई धोका दिने काम मबाट हुँदैन ।’

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै सभामुख सापकोटाले संसदलाई देश, जनता, लोकतन्त्रको पक्षमा उभ्याउने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका विकास निमार्ण र भौतिक अवस्थाको निरीक्षण र अनुगमन गर्न सभामुख सापकोटा शनिबार जलबिरे क्षेत्र पुग्नु भएको हो ।

जलवायु परिवर्तनका कारण सिर्जना भएको प्रतिकुलतामाथि अनुकुलता ल्याउने काममा आफू लाग्ने विश्वास उहाँले स्थानीयलाई दिलाउनुभएको छ । सभामुख सापकोटाले स्थानीय तहका जनप्रतिनिधिलाई भेटेर निरन्तर जनतामुखी विकासका काम गर्न सुझावसमेत दिनुभएको छ । सापकोटाले बलेफी गाउँपालिका–३ फुल्पिङकोटमा निमार्ण भएको स्वास्थ्य चौकीको पनि शिलान्यास गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?