समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह
रासस
फाल्गुन २१, २०७८ शनिबार
नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गर्नुभएको छ ।
प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उहाँले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गर्नुभयो ।