जनता नै निर्णायक : एमाले अध्यक्ष ओली
गोरखापत्र अनलाइन
चैत्र २०, २०७८ आइतवार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता जनतामा रहेको र जनता नै निर्णायक भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सामाजिक सेवा केन्द्रको घोषणा कार्यक्रममा उहाँले जनादेशलाई उल्ट्याउने प्रकारको राजनीतिक प्रणाली नभई राज्यको स्राेत र राज्यशक्ति जनताबाट निर्धारण हुने बताउनुभयो । यसैगरी, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानका लागि राज्यको सदुपयोग हुने भनाई उहाँले राख्नुभयो...