logo
२०८१ जेष्ठ ४ शुक्रवार



जनता नै निर्णायक : एमाले अध्यक्ष ओली

राजनीति |


जनता नै निर्णायक : एमाले अध्यक्ष ओली


 

काठमाडौं, चैत २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता जनतामा रहेको र जनता नै निर्णायक भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सामाजिक सेवा केन्द्रको घोषणा कार्यक्रममा उहाँले जनादेशलाई उल्ट्याउने प्रकारको राजनीतिक प्रणाली नभई राज्यको स्राेत र राज्यशक्ति जनताबाट निर्धारण हुने बताउनुभयो । यसैगरी, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानका लागि राज्यको सदुपयोग हुने भनाई उहाँले राख्नुभयो ।

समाज सेवाको अभियानमा लाग्न निजी, व्यवसायिक सबै क्षेत्रलाई आव्हान गर्नुहुँदै उहाँले जनताको सेवा गर्न र अप्ठ्यारोमा परेकालाई सहजता प्रदान गर्न पनि उहाँले आग्रह गर्नुभयो । सामाजिक सेवा केन्द्रको संगठनात्मक संरचना, विधि र पद्दति अनुरुप सञ्चालनका लागि लागि मोती दुगडलाई संयोजक पनि घोषणा गरिएको छ ।

‘यसको सुरक्षा एमालेले गर्छ । यसको सञ्चालन गर्ने काम भने एमालेको मात्रै होइन । बिना भेदभाव, बिना पक्षपात मानवीय सेवाका आधारमा यसकोे विधिवत् घोषणा गर्दछु ।’, उहाँले भन्नभयो ।

जनताका हितका लागि सर्वोत्तम राजनीतिक प्रणली आवश्यक रहेको र देशप्रति इमानदार र माया गर्ने संस्कार बालबालिकालाई समेत सिकाउदै लानुपर्ने भनाई उहाँले राख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?