हिमाली समाजको जीवन्त चित्र
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
नीलम कार्की निहारिका नेपाली आख्यानमा परिचित नाम हो । उहाँको चौथो औपन्यासिक कृति ‘द्रौपदी अवशेष’ भर्खरै बजारमा आएको छ । यसअघि लेखिएका ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’ तीनवटै उपन्यास कृतिमा सफलता प्राप्त गरिसक्नुभएकी उपन्यासकार नीलमका आख्यानहरूबाट नेपाली साहित्यका पाठक स्वयं जानकार छन् । उहाँको पहिलो उपन्यासमा अमेरिकाका नेपाली डायस्पोरा अर्थात् अमेरिकामा बस्ने आप्रवासी नेपाली समाज र शोषणमा परेकी नारीको जीवन...