कथा : मुढो
गोरखापत्र अनलाइन
भाद्र ५, २०७८ शनिबार
‘‘जसे बिरामी भइछे, हस्पिटल लगेछन् रे ।’’ ‘‘आइसियुमा राखेछन् रे, बाँच्ली जस्ती छैन रे ।’’ भेटेर आउनेहरूले कुरा गर्थे । ‘‘के बाँच्ली त नि । जण्डिस लागेको बेलामा धोकेपछि ।’’ मैले यस्तै विभिन्न कुरा सुनेँ ।
विचरी जसे भाउजू ! देख्दा, भेट्दा बोल्ने र घरमा काम लिने भए पनि सर्किनी हुन् । त्यसैले उनलाई हाम्रो घरमा भेदभावयुक्त व्यवहार हुन्थ्यो । यसो त हाम्रो घरमा मात्र होइन, सम्पूर्ण गाउँमा यही चलन थियो । विवाह, व्रतबन्ध, पूजाआजा...