तीर्थ निरौला
मूर्तिकार ठाकुरप्रसाद मैनाली नेपाली कला क्षेत्रका एक सम्मानित स्तम्भ हुनुहुन्छ । नेपाली समाजमा मूर्तिकलामाथि छाएको परम्परागत मान्यता वा धारणालाई मैनालीको मूर्तिकलाले नयाँ मोड दिएको हो । मैनालीको उपस्थितिपछि नै नेपाली कलाक्षेत्रले (मूर्तिकला) आधुनिकता प्राप्त गरेको हो ।
नेपालमा बनाइने मूर्तिकलाहरू परम्परागत सीप र शैलीमा आधारित हुन्थे । पुरातनवादी सीप, शैली र आख्यानमा सीमित रहेर बनाइन्थे । जहाँ धार्मिक विश्वास र संस्कारजन्य मान्यताहरू ओतप्रोत हुन्थे । विषयवस्तुमा वस्तुवादी वा वास्तविकतावादी संरचनामा प्रस्तुत हुन्थे । देवीदेवता, तान्त्रिकता तथा आस्थामुखी मूर्तिहरू नै हाम्रो कलाप्रचलनको एक मात्र हिस्सा थियो । जुन सदीयौँदेखि प्रचलित रहेको प्राग्वादी वा जडवादी मान्यताबाट प्रभावित थियो । यस किसिमको प्रचलनलाई चिर्दै मैनालीले नेपाली मूर्तिकलाको क्षेत्रमा विकासवादी र प्रगतिवादी लय दिँदै क्रमभङ्ग गर्नुभयो । यति मात्र होइन, मैनालीको उपस्थिति र योगदानले आधुनिक मूर्तिको औचित्य र महìवलाई परिभाषित ग¥यो । मूर्ति र वातावरणबीच रहेको अमूर्त घनिष्टतालाई पस्किदियो । प्रकृति आफैँमा एक कला हो । तथापि प्रकृति र मानव सिर्जित कलाबीच एकाकारको सम्बन्ध रहनुपर्छ भन्दै प्रायोगिकतालाई यथार्थतामा बदल्ने काम मैनालीले गर्नुभयो । आज उहाँका वातावरणीय मूर्तिकलाहरू विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका छन् ।
नेपाली कलाको विकासमा मैनाली नै यस्ता व्यक्तित्व हुनुहुन्छ, जसले ‘ललितकला संस्था’ स्थापना गराउने कार्यमा पनि महìवपूर्ण योगदान गर्नुभयो । ललितकला संस्था स्थापना हुनु नेपाली कलाक्षेत्रको एक महìवपूर्ण खुट्किलो पनि हो । यो संस्थाले कलाको विकास, विस्तार एवं कलाकारको हितमा भूमिका निर्वाह गर्दै आइरहेको छ । यसर्थ कलाकार ठाकुरप्रसाद मैनाली कला क्षेत्रले भुल्न नसक्ने र भुल्नै नहुने एक अग्रगामी, प्रतिभाशाली चम्किला तारा हुनुहुन्छ ।
मैनालीको जन्म १९९१ साल असार ७ गते काभ्रेको बाल्टिङ गाउँमा भएको थियो । कलासँगै साहित्यमा पनि रुचि राख्नुहुने मैनालीको कलामाथिको चाख वा यात्रा २००७ सालदेखि शुभारम्भ भएको थियो । त्यसबेला मैनालीले केही साथीहरूका साथ ‘नवजीवन मार्ग’ पुस्तकालय स्थापना गर्नुभयो । यही पुस्तकालयका लागि हस्तलिखित पुस्तक निकाल्ने क्रमसँगै उहाँ कला विधामा लाग्नुभएको थियो । साहित्यमा रुचि राख्नुहुने भएकाले २००८ सालमा नै उहा“को कविता ‘शारदा’ पत्रिकामा प्रकाशित पनि भएको थियो । बरोदामा कला अध्ययनपश्चात् भने उहा“ले आफ्नो सम्पूर्ण जीवन कलामा नै होमिदिनुभयो । मैनालीको पहिलोपल्ट आधुनिक मूर्तिकलाको प्रदर्शनी २०१९ सालमा भएको थियो भने २०२४ सालमा काठमाडौँको भृकुटीमण्डपमा नेपालमा पहिलोपल्ट वातावरणीय ‘मनुमेन्टल’ स्थापना गर्न योगदान गर्नुभयो ।
कलाकार मैनालीका सिर्जनाहरू विभिन्न ठाउँमा सम्मानित रूपमा सुशोभित भएर रहेका छन् । भृकृटीमण्डप, कृषि विकास बैङ्क, दूरसञ्चार संस्थान, त्रिभुवन विश्वविद्यालय, कुलेखानी जलविद्युत् अयोजना, सिंहदरबार, हेटौँडा सिमेन्ट उद्योगलगायत थुप्रै सङ्घसंस्था, विभाग एवं कार्यालयका प्राङ्गणमा उहाँका कला सजिएर रहेका छन् । मैनालीले युवा अवस्थादेखि अहिलेसम्म सिमेन्ट, मार्बल, पित्तल, चिप्स, काठलगायत अन्य थुप्रै माध्यमबाट सानाठूला अनगिन्ती सिर्जनाहरू सिर्जित गरिसक्नुभएको छ । अनि देश–विदेशमा एकल तथा सामूहिक रूपमा आफ्ना कला पनि प्रदर्शन गरिसक्नुभएको छ ।
मूर्तिकार मैनालीको मूल विशेषता भनेको आधुनिकपन र समसामयिक शैली हो । जहा“ आयामिक मान्यता र विषयमुखी अवधारणाको सरोवर पोखिएर रहेको हुन्छ । अर्थात् जुन प्रयोजनका निम्ति स्थापित सङ्घसंस्था वा कार्यालय हो, तिनका निम्ति बनिने कृतिहरूमा कार्यालयको कार्यविशेषता, लक्ष्य, उद्देश्य, धारणा र मान्यताहरू अमूर्त वा अर्धअमूर्त विम्ब वा प्रतीकका रूपमा छताछुल्ल पोखिने गर्दछन् । विभिन्न कार्यालयका प्राङ्गणमा हिजोदेखि आजसम्म बनेका र अन्य धेरै मूर्तिहरूमा उहाँको दक्षताका साथसाथै भद्रता र गाम्भीर्यको खानी पाइन्छ । लयवाद उहा“को मूर्तिकलाको महìवपूर्ण विशेषता हो । शैलीका सन्दर्भमा अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा सिर्जित हुने मूर्तिकलाहरूसँग तुलना गर्दा पनि उहाँका मूर्तिमा कहीँकतै खोट लगाउन सकिने स्थान भेट्न सकिँदैन । उडानवादी मनोभावनाप्रद उहा“का मूर्तिहरूले नेपाली परम्परा तथा सांस्कृतिक धरातललाई पनि सपाट रूपमा आत्मसात् गर्ने गरेको पाइन्छ । साना हुन् कि ठूला हुन् । आउटडोरका निम्ति बनिएका हुन् वा इन्डोरका निम्ति हुन्, सम्पूर्ण मूर्ति नया“ पुस्ताका निम्ति प्रेरणा र हौसलाका स्रोत हुन् । राष्ट्रका सम्पदा हुन् । यही योगदानको कदरस्वरूप उहाँलाई स्वदेश तथा विदेशबाट अनगिन्ती पुरस्कार, मानसम्मान र पदवि प्रदान गरिएको छ ।