लामो दारी, लामो कपाल
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७८ शनिबार
घटना–दुर्घटना केही त हुन सक्थ्यो त्यहाँ । मानिसहरू गुरुप्प उभिएका थिए । चुरोटको पातलोपातलो धुवाँ पनि उडिरहेको थियो । गन्ध यहाँसम्म आइरहेको थिएन । चुरोट नखाएर खैनी माड्नेहरू पनि देखिए टाढैबाट, हात चलाइरहेका । नजिक पुगेपछि खार पनि लाग्यो । बिहानबिहानै यसरी जमघट हुनुको कारण के होला ? जिज्ञासा जाग्नु थियो । ऊ त्यहाँ पुग्यो र देख्यो, एउटा मानिस मन्द स्वरमा गीत गाइरहेको थियो । मानिस यस्तो जाडोको बिहानीमा भुइँमा बसेर गीत...