logo
२०८१ मंसिर ६ बिहीवार



ग्रन्थि (कथा)

कला |
शनिवार |


ग्रन्थि (कथा)


 शैलेन्द्र साकार

हेक्टरले धेरै दिन त्यो कुरालाई गोप्य राख्यो । आफ्नी पत्नीको आचरण र चरित्रका बारे सबैलाई भन्दै हिँड्ने कुरा पनि भएन । पत्नी जालीलाई उसले औधी मन पराएरै विवाह गरेको हो । अमेरिकाको चलनअनुसार प्रेम भएपछि चर्चमा गएर औपचारिक विवाह गरेर घर भित्र्याएको थियो । उसले आज १० वर्षपछि एक्कासि श्रीमतीसित एक दिन बिताउनु पनि असहनीय लाग्दै आइरहेछ हेक्टरलाई ।

१० वर्ष पुगेको जेठो छोरोले उसको कुरा सुनि सकेपछि भन्यो पनि “तपाईंहरू अहिलेसम्म कसरी एउटै छतमुनि बस्न सक्नु भयो त्यही आश्चर्यको कुरा छ ।” हुन पनि पारपाचुकेको कुनै कुरै नगरी अहिलेसम्म एउटै घरमा एकदम मिलेको दम्पती जस्तो भएर कसरी बसियो हेक्टर आफैँलाई छक्क लाग्छ । जब श्रीमतीले प्रत्येक कुरामा उसलाई कज्याउन थाली, आदेश दिन थाली तब बितेका १० वर्ष पूरै दासतामा बिताएको अनुभव भयो उसलाई । सुरु सुरुमा यौन आकर्षणले होला सायद यी सम्पूर्ण कुराहरूमा ध्यान नै दिएन उसले । तर आज आएर प्रत्येक शब्द र नमीठा वाक्य प्रहारहरूको चोट फर्की फर्की उसलाई झम्टन आइरहेछन् ।

कार्यालयमा दिनभर काममा व्यस्त रहेर उसले सबै कुरा भुल्ने कोसिस पनि ग¥यो । तर कस्ती श्रीमती परी जोला स्ट्रावर्ड उसलाई लोग्नेको सम्पूर्ण बानी बेहोरा, बोल्ने तरिका गाईको फार्म हाउस कुनै पनि कुरा उसलाई ठ्याम्मै मनपर्न छाड्यो । अमेरिकी मेरिन (सिपाही) हरूले इराक अफगानिस्तानमा कैदीहरूमाथि गरेको दुव्र्यवहारको प्रचार हुँदा उसलाई विश्वास लागेको थिएन । तर आफ्नै पत्नीले आसहोला (नितम्ब) मा ठेडी कोचिदिने र आफ्नो आसहोल चाट्न लगाएपछि उसको आँखा उघ्रियो । त्यति मात्र हो र उनी त राक्षस्नीकै सन्तान रहिछिन् परपीडक त उनी थिइन नै आफू खास अमेरिकी आमा बाबुकी एकली छोरी भएकोमा यति गर्व गर्छिन त्यसलाई सहनु त कुनै पनि पुरुषले सक्दैन । त्यो हुँकार सहनु भनेको त कोलोराडोको चट्याङ अथवा नेव्रास्काको भुँमरी केही होइन भन्नु जस्तै हो यहीँ बसेर मैले यी दुवै कुरा थाहै पाइन भन्नु जस्तै हो ।

बयालीस वर्ष पुगेको हेक्टरले एक दिन अत्यन्त दुःखी हुँदै मलाई यो कुरा बतायो र आफ्नो निर्णय पनि सुनायो– म उसलाई छाड्दै छु मैले उसकी पत्नीलाई समेत राम्रैसँग चिनेकाले उसको कुरा त्यति अतिशयोक्ति पूर्ण त लागेन तर मेलमिलाप भइहाल्छ कि भनेर उसलाई सल्लाह दिएँ– हेर, जीवन भनेकै एक किसिमको सम्झौता हो । तिमीहरूले एकअर्कालाई राम्ररी बुझ्न, एकअर्काको अभाव थाहा पाउन केही समय कमसे कम तीन महिना छुट्टाछुट्टै बसेर हेर । एकअर्काको अभावको अनुभव भएर फेरि दुई जनाको मिल्ती भइहाल्छकी भनेर सम्झाएँ उसले अत्यन्त विनम्र भावले भन्यो– त्यो त म आजैदेखि छुट्टै बस्न जाँदैछु । आफ्नो घर उसैलाई छाडेर म एउटा सस्तो मोटेलमा सर्दैछु तीन महिनाका लागि । यसरी हेक्टर आफ्नो दुई तले सुन्दर बगैँचा भएको घर छाडेर मोटेलमा बस्न गयो हप्ताको २५०।– डलर तिरेर । उसको आम्दानीको हिसाबले यो कुनै महँगो दाम चाहिँ होइन, यदि राम्रो मोटेल खोजेको भए उसले दिनकै कम्तीमा ४० डलर प्रतिदिनको हिसाबले तिर्नुपथ्र्यो ।

बीच बीचमा ऊसँग भेट भइरहेको मेरो । कार्यालय जाँदा ऊ हाम्रै घर अगाडिको सडक भएर जान थाल्यो । उसले खोजेको मोटेल पनि सायद त्यतै नजिकै रहेछ क्यार ! गाडी रोकेर घरभित्र नपसे पनि स्पिड कम गरेर उसले मलाई ‘हाई’ गर्न भुलेन । म पनि उसको अफिस जाने समयमा बरन्डामा उभिएर उसको ‘हाई’ पर्खन थालेँ । उसको घटनाले कुन मोड लेला त्यो जान्ने उत्सुकता म मा निकै प्रबल थियो । अमेरिकी जीवनको एउटा चर्चित पारपचुबे प्रसङ्गको बारे प्रत्यक्ष थाहा पाउने अवसर मिलेको थियो मलाई ।

अकस्मात एक दिन उसले हाम्रै घरअगाडि मोटर रोक्यो र भित्रै आयो । ‘हाई’ अगाडि नै उभियो र चिया ख्वाउन अनुरोध ग¥यो । हामीभित्र भान्सामा पुग्यौँ । हामीले चिया बसाल्यौँ र छेवैमा कुर्सी तानेर बस्दै उसले कुरा सुरु ग¥यो । “आजै तीन महिना पुग्यो... आजै म वकिलकहाँबाट फर्केको” । मैले आफ्नो उत्सुकतालाई रोक्नै सकिनँ, सोधेँ– वकिलले के सल्लाह दियो ? उसले साधारण तवरले जबाफ दियो । कानुनी रूपले प्रत्येक कुरालाई हेर्छ वकिल मैले वकिललाई भनेँ– उनी मेरा कुनै साथीहरू घरमा आएको पनि मन पराउन्नन् । उनी मेरा प्रत्येक साथीहरूलाई हेला गर्छिन् र घरमा आएको कुनै साथीसँग बोल्दा पनि बोल्दिनँ । मलाई प्रत्येक साँझ टेबलटेनिस खेल्नुपर्छ । घरमै खेल्न साथीहरूलाई बोलाउँछु ।

उनको अनुहार र वक्रदृष्टि देख्नासाथ साथीहरू तर्सिहाल्छन्, मसँग खेल्न पनि चाहँदैनन् । मलाई लन टेनिस पनि खेल्न मन पर्छ दुवै खेल्न पार्कमा जाऊँ भने धेरैपल्ट भइसक्यो उसले टेरपुच्छर लगाउँदिनँ । यी सब कुरा मैले वकिलसँग भने त्यो आसहोलको कुरा चाहिँ भनिनँ।्, मलाई लाज लाग्यो । उसलाई मेरो कुनै पनि कुरा मन पर्दैन । दिनरात ममाथि– आदेश मात्र थोपरिरहन्छे त्यसैले म उसँग बस्न चाहन्नँ । खर्च गर्न तयार छु । मलाई पारपाचुके दिलाइदिनोस् भनेर अनुरोध गरेँ । उसले मलाई त अर्को पो सल्लाह दियो– म्यारिज ब्युरोको सिफारिस लिएर आऊ भन्यो । अहिले यस सम्बन्धमा अमेरिकी कानुन निकै कडा भएको छ रे ! “यति भनेर ऊ हिँडिहाल्यो । मैले अरू केही सोध्नै पाइनँ ।

निकै दिनपछि ऊ फेरि मकहाँ आयो । उसको अनुहारमा त्यति साह्रो खुसी त थिएन तर एक प्रकारको सन्तोषको भाव थियो । म अलि उत्ताउलो । उसलाई देख्नासाथ हाई हल्लो समेत केही नभनी सोधिहालेँ– पारपाचुके भयो त ? उसले सुस्तरी मलाई सुनायो– म्यारिज ब्युरोले श्रीमतीलाई समेत लिएर आउनुपर्छ भन्यो । श्रीमती केही गरे पनि त्यहाँ जान मानिनँ । तर अन्त्यमा तिमी मसँग बस्न चाहँदैनौँ भने म पनि तिमीसँग बस्न चाहन्न भन्दै म्यारिज ब्युरोकहाँ हिडी । एउटा प्रसिद्धि मनोचिकित्सकले हालसालै खोलेको म्यारिज ब्युरोमा हामी गयौँ । डाक्टरले हामीलाई के भन्यो भनेँ– तिमीले पारपाचुके पाउने सम्भावना छ ।

त्यो सम्भावना एउटै मात्र कारणले गर्दा भएको रहेछ । त्यो भने डाक्टरले श्रीमतीलाई सोधेछ– तिम्रो श्रीमान् ‘डिभोर्स’ पाउँ भन्दै छ । मुख्य कारण तिमीले उसलाई असाध्यै हेप्यौ रे । भन त, कुनै कारण बताउन सकिन्छ । यसबाट डाक्टरले के निष्कर्ष निकालेछ भनेँ जसलाई आफ्नो गल्तीको बारे केही थाहा छैन उसले आफूलाई सुधार्न पनि सक्तैन । वैवाहिक जीवनमा पीडित पक्षले लगाएको दोषका बारे पीडक पक्षले केही थाहा छैन भनेपछि सम्झौता हुने अलिकति पनि सम्भावना रहँदैन । त्यसैले हाम्रो केसमा मेरो पक्ष बलियो देखिन्छ रे ! भोलि रिपोर्ट दिन्छु भनेका छन् हेरौँ के हुन्छ ? यति भनेर ऊ हिँडिहाल्यो । त्यसपछि ऊसँग भेट नभएको धेरै दिन भयो । उनीहरूको पारपाचुके भयो भएन ? म केही भन्न सक्दिनंँ । 

 

मधुपर्क चैत २०७८

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?