सडक मानवमुक्त अभियानको दुई वर्ष नाघ्यो, अझै मुक्त भएन सडक
विष्णु पाण्डेय
कार्तिक १९, २०७८ शुक्रबार
काठमाडौंका अधिकांश सडकपेटीमा गीत गाएर,कुनै घाउ देखाएर, साना छोराछोरी देखाएर,आफ्ना विलौना सुनाएर पैसा माग्नेहरु प्रशस्त भेटिन्छन् । २०७६ साल असोज १३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘सरकारले अव छिट्टै मानवमुक्त,भिखारीमुक्त देश घोषण गर्नेछ’ भन्ने भाषण गर्नुभएको थियो । यो उद्घोष उहाँले नेपाललाई खुल्ला दिशामुक्त देश घोषणा गर्दा गर्नुभएको हो ।