logo
२०८१ बैशाख ८ शनिवार



सडक मानवमुक्त अभियानको दुई वर्ष नाघ्यो, अझै मुक्त भएन सडक

खुला |
समाज |


सडक मानवमुक्त अभियानको दुई वर्ष नाघ्यो, अझै मुक्त भएन सडक


काठमाडौं,कात्तिक १९ गते । काठमाडौंका अधिकांश सडकपेटीमा गीत गाएर,कुनै घाउ देखाएर, साना छोराछोरी देखाएर,आफ्ना विलौना सुनाएर पैसा माग्नेहरु प्रशस्त भेटिन्छन् । २०७६ साल असोज १३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘सरकारले अब छिट्टै मानवमुक्त,भिखारीमुक्त देश घोषण गर्नेछ’ भन्ने भाषण गर्नुभएको थियो । यो उद्घोष उहाँले नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गर्दा गर्नुभएको हो ।
तर, घोषण भएको दुई वर्ष वितिसक्दा पनि सडकमा विभिन्न बहानामा माग्न बस्नेहरुको कमी छैन । सरकारको निति तथा कार्यक्रममा पनि “मानवरहित सडक” प्राथमिकतामा पर्दछ । यति हुँदाहुँदै सडकमा मागेरै खानेहरुको कमी देखिएको छैन् ।
यता २०७६ मंसिर २४ मा काठमाडौं महानगरले पनि सडकपेटीमा माग्न बसेको भेटिए कारबाही गर्ने सूचना जारी गर्यो । उक्त सूचना जारी गरेको दुई बर्ष वितिसक्दा पनि न सरकारले कोहीलाई कारबाही नै गर्न सकेको छ, न सडकमा माग्न नै छाडेका छन् । महानगरका सूचना अधिकारी बसन्त आचार्यले बेसहारा मानिसको अल्पकालिन र दीर्घकालिन समाधानका लागि महानगरले योजना बनाइरहेको बताउनुभएको छ ।
‘हामीले मानवमुक्त सडक बनाउने योजनामै निरन्तर लागिरहेकै छौँ, ऐन,नियम अनुसार सडकमा बस्नेहरुलाई कारबाही गर्दा हामीलाई नै अप्ठ्यारो पर्यो’ आचार्यले भन्नुभयो । मानवसेवा आश्रमसँग मिलेर काम गरिरहेपनि सडकमा रहेका मानिस आश्रममै बस्न नचाहाने, परिवार नै उनीहरुलाई खोज्न आश्रम नै जाने भएकाले पनि समस्या भैरहेको उहाँको भनाइ छ ।
परिवारसँग पुनर्मिलन गराएर अबदेखि सडकमा नबस्ने लिखित प्रतिबद्धता गरेपनि फेरी अर्को दिन बाट नै सडकमा माग्न आउने गरेको उहाँ बताउनुहुन्छ । ‘हामीले धेरैलाई सडकबाट उठाएर मानवसेवा आश्रम लग्यौँ तर कतिपय अर्को दिन नै भागेर हिड्ने,कतिपयलाई लिन परिवार नै मानवसेवा आश्रम पुग्ने गर्दछन्,उनीहरुलाई लिखित कागजात गराएर छोड्छौँ तर फेरि अर्को दिनदेखि सडकमै आइपुग्छन् ,’उहाँले भन्नुभयो ‘नितिगत रुपमा गएर कारबाही गर्दा महानगरलाइ नै दोषी देख्छन् ।’
नितिगत रुपमा सडकमा भिक्षा माग्न नै प्रतिबन्ध छ । महानगरले सडक मानवमुक्त बनाउन महानगर,नागार्जुन नगरपालिका र मानवसेवा आश्रमबीच सम्झौता भएर नागार्जुनमा भवन बनाउदै गरेको पनि जानकारी दिनुभयो ।
यता मानवसेवा आश्रमले आफूहरुले सहयोगापेक्ष सडकमुक्त मानव नेपाल बनाउने अभियानका साथ काम गरिरहेकाले सहारा नपाएर सडकमा रहेकालाई मात्र आश्रममा ल्याउने गरेको जनाएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सडकमा बेसहारा बनेका नागरिकलाई मात्र आश्रममा राख्ने भएकाले सडकमा रक्सि खाएर पैसा माग्नेहरु प्राथमिकतामा नपर्ने बताउनुभयो । ‘सडकमा माग्न बस्ने अधिकांश रक्सी खाने र आफ्नै घरबास भएका हुन्छन् यसकारण हामीले घरबास नभएका र बेसाहारा भएका मानिसलाई मात्र आश्रममा राख्दछौं’ अधिकारीले भन्नुभयो ।
अहिलेसम्म बेसाहारा बनेकालाई खोजी–खोजी आश्रममा ल्याउने गरेको उहाँको भनाइ छ । हालसम्म देशका १६ जिल्लामा २४ वटा मानवसेवा आश्रम  छन् । जहाँ एक हजार ६०० जना मानिस छन् । जसमध्ये एक हजार जना मानसिक समस्याका व्यक्ति छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?