मरेर हार्न भन्दा बाँचेर जित्न सिकें
गोरखापत्र अनलाइन
श्रावण १६, २०७८ शनिबार
‘ममी नयाँ बाबा किन्न जाउँ न , बजारबाट आउँदा बाबालाई किनेर ल्याउनु है, सबैको बाबा हुनुहुन्छ, मेरो किन हुनुहुन्न ?’ यस्तो प्रश्न गर्दा एउटी आमाको मन कस्तो भयो होला ? कल्पना गर्दा पनि गहभरी आँसु भरिन्छ । भोग्नेलाई त झनै कति असह्य भयो होला ? । एउटी आमाको मन मुटु नै चिराचिरा परेको थियो छोराले प्रश्न गर्दाको त्यो समय । कलिलो बालकलाई एउटी आमाले कसरी सम्झाउने ? बाबा किन्ने वस्तु होइन भनेर ।
श्रीमतीको लागि श्रीमान् वा श्रीमान्का...