कुटपिटपछि मानसिक सन्तुलन गुमाएकी पीडित डुकादेवी, न्यायकाे पर्खाइमा
गोरखापत्र अनलाइन
श्रावण ९, २०७८ शनिबार
मोरङको कानेपोखरी–५ चिसाङ बस्तीकी डुकादेवी दर्जी तामाङ यतिबेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनयता उपचाररत हुनुहुन्छ ।
मोबाइलको सिम चोरेको आरोपमा छिमेकीले मरणासन्न कुटपिट गरेपछि डुकुमायाको मानसिक सन्तुलन गुम्यो । मानसिक सन्तुलन गुमेपछि डुकादेवीलाई घर परिवारले बाँधेर घरमै राखे । देउ देउता लागेको भनेर धामी झाँक्री लगाए । बैद्य र विजुवा सबैलाई देखाए । तर, उहाँको होस फर्किएन...