नयाँ दुलहीले मनाउने मधुश्रावणी पर्व सुरु
गोरखापत्र अनलाइन
श्रावण १३, २०७८ बुधबार
मिथिलाञ्चल क्षेत्रका नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व बुधबारदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिताहरुले मनाउने गर्छन् ।
यस पर्वमा बेहुलीहरुले एक दिन पहिले टिपेर ल्याएको फूलले बिषहाराको (नागनागिन) प्रतिमा स्थापना गरी पूजा अर्चना गर्ने गर्छन् । पर्व मनाउने नवविवाहिताले १५ दिनसम्म चोखो भई बस्नुपर्ने हुन्छ । नुन, लसुन र प्याज समेत खान नपाइने र अरु...