सम्पदा संरक्षण उच्च प्राथमिकतामा
रासस
मंसिर २०, २०७७ शनिबार
काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौँभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको आज शिलान्यास गर्दै सम्पदा संरक्षण र अवलोकनबाट स्थानीयवासीको आयमा वृद्धि गरिने जानकारी दिनुभयो । उहाँले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल...