नर्सरी व्यवसायबाट वार्षिक ७० लाखकाे कमाइ
गोरखापत्र अनलाइन
मंसिर २४, २०७७ बुधबार
परिश्रम गर्न सके आफ्नै माटोमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँ । बानियाँले नर्सरी ब्याडबाट फलफुल र जडीबुटीका विरुवा गरी वार्षिक रुपमा ७० लाख बराबरको विरुवा बिक्री गर्नुहुन्छ । उहाँको नर्सरी ब्याडमा सतुवा, टिमुर, लोडसल्ला, रोजमेरी, दाँतेओखर, किबी, चिराइतोलगायत करिब तीन लाख जति विरुवाहरु छन् ।
विरुवा उत्पादन गर्न व्यवस्थित रुपमा ब्याड बनाउनुभएको...