logo
२०८१ मंसिर १४ शुक्रवार



एकसय पाँच वर्षीय वृद्धसहित १२ जनालाई ह्विल चेयर वितरण

खुला |
समाज |


एकसय पाँच वर्षीय वृद्धसहित १२ जनालाई ह्विल चेयर वितरण
एकसय पाँच वर्षका उमेरहित ह्विल चेयर पाएका अपाङ्गहरु, तस्विर – धीरेन्द्रप्रसाद साह



धीरेन्द्रप्रसाद साह
राजविराज, मंसिर १८ गते । शारीरिक अपाङ्गताले थलिएर १०५ वर्ष उमेर बित्यो । परिवारका एक/दुई जना सदस्य उनको स्याहार सुसारमा समय बिताउने गरेको छ । सामान्य हिँड्डुल गर्न पनि अन्य व्यक्तिसँगै लौरोको सहारा चाहिन्छ ।
बिहीबार यस्तै प्रकृतिका साहारासहित १०५ वर्षीय कलरु चौधरी एक कार्यक्रममा आइपुग्नुभयो । बनौला निवासी चौधरीलाई घरमै थलिएका अवस्था थाहा पाएर सामाजिक अभियन्ताले कार्यक्रममा निम्तो दिएर बोलाएपछि आउनुभयो । तर, किन बोलाएको हो भन्ने बारे उनलाई थाहा थिएन । जब कार्यक्रममा उनले सामान्य हिँड्डुल गर्ने ह्विल चेयर पाएपछि खुशीले एकक्षिण भकानिनुभयो ।
सैनिक श्रीमती संघले चौधरीसहित सप्तरीका १२ जना फरक क्षमता(अपाङ्गता) भएका व्यक्तिलाई बिहीबार एक समारोहबीच ह्विल चेयरसहित विभिन्न सामग्री प्रदान गरेको छ ।
सामाजिक अभियन्ता सुनिताकुमारी साहले २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रममा १०५ वर्षका बृद्धदेखि पाँच वर्षसम्मका अपाङ्गहरुलाई ह्विल चेयर वितरण गरेको छ । संघले एक÷एक थान मन्डी, बिस्कुट एक दर्जन, जुस र अभियन्ता डा. शरदसिंह यादवले एक÷एक थान थप कम्बल वितरण गरेको छ ।
जिल्लाको बनौलाका ८ वर्षीय आरएन चौधरी, थलहीका ७ वर्षीय मो. शाहिद, विसनपुरका ५ वर्षीया अनिता मण्डल, कट्टीका ४५ वर्षीय नरेन्द्र महतो, खडका १० वर्षीय दुखीलाल चौधरी, पौवाँका ६ वर्षीया ज्योतिकुमारी मण्डल, बोदेबर्साइनका ९ वर्षीय रामअवतार मण्डल, बनौलाका १०५ वर्षीय कलरु चौधरी, कट्टीका १४ वर्षीय गजेन्द्र मेहता, डाक्नेश्वरीका १३ वर्षीया मरजिना खातुन, डाक्नेश्वरीकै १३ वर्षीय शिवशंकर खंग र जनडौलका ३७ वर्षीया पविताकुमारी चौधरीलाई ह्विल चेयरसहित सामग्री प्रदान गरिएको छ ।
सैनिक श्रीमती संघका सदस्य सुप्रिया थापाले ह्विल चेयरसहित राहत सामग्री वितरण गर्दै शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुको जनजीवनमा सहजता ल्याउन टेवा पुग्न यस्तो कार्य गरेको बताउनुभयो । संघले निरीह बालबालिका, महिला, ज्येष्ठ नागरिक, कोभिड प्रभावित लगायत विभिन्न क्षेत्रमा मानवीय सेवाका कार्यहरु गरिदै आएको जानकारी दिदै भनिन, सेवा नै धर्म हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?