तिहार र छठले बडिखेलमा नाङ्लो बुन्ने चटारो
गोरखापत्र अनलाइन
कार्तिक २८, २०७७ शुक्रबार
काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा ललितपुर छ, शताब्दीऔं पुरानो कोड्कु गाउँ । जुन गाउँलाई अहिले बडिखेल भनेरै चिनिन्छ । यो वस्तीका प्रायः घरमा यतिबेला नाङ्लो बुन्ने चटारो छ ।
पहरी जातिको पुख्र्यौली पेशा हो, बाँसका चोयाबाट डोको, डालो, सोली, नाङ्लो, मान्द्रो बनाउनु । कतिपय पहरीले घरकोठा सजावटका सामान, निगालोका र्याक र बेतका कुर्सीसमेत बनाउने गरेका छन् । यद्यपि, तिहार र छठ नजिकिएसँगै नाङ्लो बुन्ने चटारो वस्तीमा छ । मागअनुसारको...