logo
२०८१ मंसिर १४ शुक्रवार



खोलाकै आस, माछा मारेर जीवन निर्वाह, अन्तकाे छैन पर्वाह

खुला |
समाज |


खोलाकै आस, माछा मारेर जीवन निर्वाह, अन्तकाे छैन पर्वाह



नवीन शिशिर विक
बागलुङ, कात्र्तिक २९ गते । बागलुङको तमानखोला गाउँपालिका–१ का टेकमान विकले विगत ३९ वर्षदेखि माछा मारेरै जीविका निर्वाह गर्नुभएको छ । १६ वर्षमा साथीभाईसँग रंगो रमाईलोको लागि माछाको सिकार गर्ने सिप सिक्नुभएको विकका जीवनमा माछाको सिकार नै जीवन निर्वाहको पाटो बन्यो ।
हरेक वर्ष बर्खाको खेतीपाती सकेपछि विक दैनिक तमानखोलामा दुवाली छेकेर माछा मार्ने काम गर्दै आउनुभएको छ । विकले चार जना छिमेकीहरुसँग मिलेर चिसो पानीमा दिनभर माछा मार्नुहुन्छ । उनीहरुले खोलाबाटै किलोको ६५० रुपियाँका दरले बेच्ने र बराबर भाग बाँडेर भोलिपल्ट भेटने गरी छुटिन्छन् । विकसँगै अन्य चार जनाको जोडीले खोला नै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

वर्षातको समयमा घरमा काम गर्ने आफ्नो विकले ३९ वर्षदेखि निरन्तर हिउँदका फुर्सदिला दिनमा विहानदेखि साँझसम्म खोलामा माछा मार्दै दुई चार पैसा जोहो गर्ने गरेको उहाँले सुनाउनुभयो । ‘वर्षाको खेतीपाती सकेर भदौ महिनादेखि दैनिक माछा मार्न थालेको छौं,’ विकले भन्नुभयो–‘घरमा श्रीमान र छोरा छन् । माछा मारेर दैनिक गुजारा चलाउँदै चलाएको छु ।
कुनै–कुनै महिनामा त माछाबाटै १५/२० हजारसम्म कमाइ हुने गरेको छ,’ विकले भन्नुभयो । घरका गाइबस्तुको हेरचाह श्रीमती र छोराले गर्ने र आफुले छिमेकीहरुसँग मिलेर खोलामा माछा मारेर घर खर्च चलाउँदै आएको उहाँको भनाई छ । अधिकांस समय खोलाबाटै माछा विक्री हुने गरेको छ । कहिले काहाी बोंगादोभान बजारमा लगेर बेच्दै गरेको विकले सुनाउनुभयो ।
तमानखोला गाउँपालिकाको लाम्मेला हुँदै तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको मुछारसम्मै र बोङ्गाखोला र खुंखानी खोलामा स्थानियहरुले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरेका छन् ।

तमानखोलामा पाइने असला माछा स्वादिष्ट मानिने र बोंगादोभानका अधिकांश होटल, रेष्टुराँमा माछाको परिवार पाइने स्थानिय जीवन पुनले बताउनुभयो ।
स्थानियहरुले खोला नै फर्काएर माछा मार्ने गर्दा असला माछा लोप हुने खतरा बढेपछि तमानखोला गाउँपालिकाले माछा मार्न कडाइ गर्न थालेको छ । ‘तमानखोला असला माछाको लागि समेत परिचित छ,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले भन्नुभयोे–‘चिसो र स्वच्छ पानीमा हुर्केको माछा भएकोले स्वादिष्ट हुने हुँदा स्थानियहरुले करेन्ट लगाएर, खोला फर्काएर माछा मार्दा लोक हुने देखेर पछिल्लो समय कडाईसमेत गरिएको छ ।’ ‘वडा नम्बर ३ मा निश्चित समय तोकेर माछा मार्न पाइने व्यवस्था गरिएको र वडा तहमा फुकुवा भएपछि मात्र माछा मार्न दिइन्छ,’ अध्यक्ष बुढाले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?