मकवानपुरमा फूलपाती भित्र्याउने पर्व स्थगन
रासस
कार्तिक ६, २०७७ बिहीबार
कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ । सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुर गढीलगायत शक्तिपीठमा नित्य पूजाआजा मात्र गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद...