मठमन्दिरमा निषेधाज्ञा, प्रवेशद्वारमा पुलिसको बार, ढाेकैमा पूजा
गोरखापत्र अनलाइन
कार्तिक ३, २०७७ सोमबार
विशेष गरी बडा दसैँ र चैत दसैँको अवसरमा निकै भीड हुने प्रसिद्ध कालिका भगवती मन्दिर बागलुङ यसपालिका बडा दसैँमा सुनसान छ । मन्दिर छेउछाउमा भक्तजन भन्दा प्रहरी बढी देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयले बागलुङका सबै शक्ति पीठमा निषेधाज्ञा जारी गरे पछि कालिका भगवती मन्दिर लगायत जिल्लाका अधिकांश भगवती मन्दिरमा भक्तजनको उपस्थिति शुुन्य प्रायः भएको हो । घटनस्थापनाको दिनदेखि नवरात्रसम्म स्वदेश तथा विदेशका भक्तजनले ठेलम...