क्यान्सर विरामी शंकर नेपाललाई दुई लाख अठार हजार सहयोग
गोरखापत्र अनलाइन
आश्विन १९, २०७७ सोमबार
काभ्रे मण्डनदेउपुरका क्यान्सर विरामी शंकर नेपाललाई दुई लाख अठार हजार तीन सय अठ्सठ्ठी रुपैया सहयोग गरिएको छ । उहाँलाई विभिन्न आफन्त, शुभचिन्तक, साथीभाईहरुले उठाएर सहयोग गरिएको हो । काभ्रेपालाञ्चोक जिल्ला कृषि सहकारी संघका अध्यक्ष एबम पत्रकार सुमन नेपालको पहलमा सहयोग जुटाएर हस्तान्तरण गरिएको हो ।
४७ बर्षीय शंकर नेपाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । माइक्रो बस चलाएर दैनिक गुजारा गर्दै आउनुभएका...