ज्यानको भन्दा माछाको माया, खेतमै घर, माछाकै भर
गोरखापत्र अनलाइन
आश्विन २२, २०७७ बिहीबार
कोरोना सङ्क्रमण फैलनुभन्दा अघिको समय दैनिक मजदुरी गरेर घरधन्दा चलाउँदै आउनुभएका कावासोती–१२, गैह्रीका जलन्धर मुसहरको विगत दुई महिनादेखि खेतकै बास भएको छ ।
धानको फाँटमा सानो कटेरो बनाएर रातभर माछा कुरेर बस्नु उहाँको दिनचर्या बनेको छ । रातभरि माछा कुरेर बस्नु उहाँको रहर होइन, बाध्यता हो ।
कोरोना सङ्क्रमण फैलनुअघि उहाँले घर बनाउने, अन्य ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आउनुभएको थियो । तर, कोरोनाका कारण गत वर्षको...