‘सबैलाई पीडा छ अहिले तर हामीले नगरे कसले गर्ने आमा’
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
दिनभरीको थकानले शिथिल भएर साँझ कोठामा फर्के पछि आमालाई फोन गर्छु । आमाको मन त हो पीडा मिश्रित आवाजमा भन्नुहुन्छ, छोरी निकै गाह्रो भयो तिमीलाई जागिर छाड्देउ घरमै आउ, भो त्यो जागिर नै खानु पर्छ भन्ने छैन । आमा आमा नै हो उहाँले मलाइ मया गरेर भन्नु भएको हो तर मेरो थकित हुँदा हुँदै पनि मेरो मुखबाट शब्द निस्कन्छ सबैलाई पीडा छ अहिले, अनि हामीले नगरे कसले गर्ने आमा ? हजुर जस्तै धेरै आमाहरुलाई खुशी बनाउनका लागि पनि हामी खट्नैपर्छ...