माग अत्यधिक, युवा पलायन, सोलुबाट गोठाला मगाउन बाध्य
गोरखापत्र अनलाइन
आश्विन १, २०७७ बिहीबार
हिमाली भेगका लेकका खर्कहरुमा कुनै बेला भेडापालन प्रमुख व्यवसाय थियो तर पछिल्लो समय घट्दो क्रममा छ । भेडापालनको आफ्नै समय चक्र छ । हिउँदको समयमा बेशी झर्ने र बर्षातको समयमा लेक चढ्ने भेडा पालनको समय चक्र हो ।
जेठ अन्तिमबाट लेक उक्लिन सुरु गरेकोे भेडा भदौ अन्तिम तिर लेकको अन्तिम खर्क सङ्खुवा खोलाको शिर क्षेत्रमा पुग्ने गर्छ । करिव पाँच हजार मिटरको उचाईमा रहेको यो खर्कमा करिव तीन महिना जत्ति भेडा रहन्छ र फेरि ओरालो झर्ने...