सुत्केरीको पीडा: “एम्बुलेन्सको र होटलको पैसा तिर्न छैन, कसरी जाने घर ?”
रासस
जेष्ठ ११, २०७७ आईतवार
प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल, प्युठान आउनुभएको छ । करिब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि अर्खाबाट जसोतसो एम्बुलेन्समा जिल्ला अस्पताल, बिजुवार आइपुग्नुभएका उहाँलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ ।
प्युठान बाग्दुलामा ज्यामी काम गर्दै आउनुभएका रानाले कोभिड -१९ का कारण मजदुरी गर्न पाउनुभएको...