एकातिर लकडाउनको पीडा, अर्कोतिर हात्ती आतङ्क
गोरखापत्र अनलाइन ,
जेष्ठ १२, २०७७ सोमबार
दुई महिनादेखि कोरोनाको कहर र लकडाउनको पीडा छ, त्यसमाथि हजुर हाम्रो राति जङ्गली हात्तीको आतङ्क छ, घरबाहिर ननिस्केको दुई महिना भयो, राति सुत्न नपाएको पनि महिना लाग्न आटेको छ । यो गुनासो सुनसरीको कोसी गाउँपालिका - ५ का स्थानीय किसान असगर अलिको हो । अलिले आफ्नो घर नजिकैको बारीमा ४ बिघा मकै खेती गर्नुभएको छ । त्यसमा पनि रोग कीरासँगै दैनिक कोसी टप्पुबाट निस्कने जङ्गली हात्तीले नष्ट गर्ने, खाने, कुल्चिदिने, घर भत्काई दिने पीडा...