बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या
रासस
बैशाख १८, २०७७ बिहीबार
बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या छ । जनावरको संख्या बढ्दै गए पनि पर्याप्त पिउने पानीका लागि खोला, ताल, पोखरी र सिमसार क्षेत्र नहुँदा समस्या भएको हो । बाघको प्रमुख बासस्थानका रुपमा १० वर्षअघि विस्तार गरिएको राष्ट्रिय निकुञ्जमा हाल २१ बाघ पुगेको छ ।