सप्तरीमा माछा मारेर जिविका चलाउँदै आएका ६५ परिवारलाई राहत
रासस
बैशाख २०, २०७७ शनिबार
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका माछा मारेर जिविका चलाउँदै आएका ६५ परिवारलाई एक गैर सरकारी संस्थाले राहत उपलब्ध गराइएको छ ।
स्टोरीज अफ नेपालको सहयोगमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप वडा नम्वर ८ ले कोशी ब्यारेजमा माछा मारेर जिविका चलाउँदै आएका परिवारलाई राहत उपलब्ध गराइएको हो ।
वडा नम्वर १ मा पर्ने ब्यारेज आसपासमा रहेको वस्तीका ३८ परिवार मल्लाह, ६ परिवार सदा, ४ परिवार राम, ३ परिवार मण्डल, ५ परिवार दास, ७ परिवार...