बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, वन्यजन्तु असुरक्षित
रासस
चैत्र २६, २०७६ बुधबार
बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो । उक्त निकुञ्जले जनाएअनुसार सन् २०१८ को गणनामा बयस्क बाघको सङ्ख्या २१ पुगेको छ । सन् २०१३ मा यहाँ चारवटा बाघ मात्र थिए । तर निकुञ्जमा बाघलगायत अन्य वन्यजन्तु बढेसँगै राजमार्गका कारण वन्यजन्तुहरु असुरिक्षत पनि हुन पुगेका छन्...