फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै आएका तेह्र जनामा भाइरस फेला परेन
गोरखापत्र अनलाइन ,
चैत्र २५, २०७६ मंगलवार
कोरोना भाईरस (कोविड १९) को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ ।
फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिपोटमा भाइरस नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।