कान्तिमा शङ्का गरिएका १४ बालबालिकामा काेराेना भाइरस देखिएन
गोरखापत्र अनलाइन ,
चैत्र २०, २०७६ बिहीबार
कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।