बाल विवाह न्यूनीकरण गर्न प्रतिबद्ध
रासस
माघ ८, २०७६ बुधबार
दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् । “गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो, “तर पनि अझै न्यूनीकरण हुन सकेको...