नक्कली नोट सहित दुई पक्राउ
गोरखापत्र अनलाइन
माघ ५, २०७६ आईतवार
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाण्डौ महानगरपालिका १४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष २७ को अनुस थापा मगर र वर्ष २२ को रवि आले मगरलाई पक्राउ गरेको छ ।