रौतहटमा सामाजिक सद्भावमा बलुवा उदाहरणीय
गोरखापत्र अनलाइन ,
पुष २३, २०७६ बुधबार
दलितमाथि अन्य जल्लाका छुवाछुतका घटना घटिरहँदा चन्द्रपुर नगरपालिकास्थित बलुवा गाउँमा उपल्लो जाति र दलितबीचको सम्बन्ध उदाहरणीय बनेको छ ।
यहाँका स्थानीय एकले अर्कालाई विवाह भोजमा निम्तोसहित भोजभतेरमा सहभागी हुने गरेका छन् । बलुवा गाउँ साविक डुमरिया गाविस वडा नम्बर पाँचमा अवस्थित थियो । हाल चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा पर्ने यस गाउँमा मुख्य रुपमा चौधरी, दलित र अन्य जातिको मिश्रित बसोबास छ ।