आनीको जिन्दगानी पूजा, जप र गुफा बास
रासस
पुष १०, २०७६ बिहीबार
लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेका...