ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँंदै वडाध्यक्ष
गोरखापत्र अनलाइन ,
पुष १०, २०७६ बिहीबार
दाङका स्थानीय सरकारले ज्येष्ठ नागरिकमैत्री काम गर्न थालेका छन् । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत आर्थिक रूपले विपन्नलाई न्यानो कपडा वितरण, दिवा सेवा केन्द्र स्थापनादेखि तीर्थयात्रासम्मको काम गरेर जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मन जित्ने प्रयास गरिरहेका छन् ।