logo
२०८१ मंसिर ९ आईतवार



छोराछोरीलाई एसओएसको संरक्षकत्व पाएको भोलिपल्ट जौमतीले प्राण त्यागिन 

समाज |


छोराछोरीलाई एसओएसको संरक्षकत्व पाएको भोलिपल्ट जौमतीले प्राण त्यागिन 



चाँदनी आचार्य
लम्की , पुष १० गते । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिम टोलका क्यान्सर पिडित जौमती रोकयाको विहिबार दिउँसो निधन भएको छ । ३८ बर्षिय रोकया लामो समयदेखि आर्थिक अभावमा उपचार नपाई थला पर्नुभएको थियो ।
गत साउनमा भारतमा रोजगारी गर्न गएका श्रीमान कमल रोकयाको उतै निधन भएपछि जौमतीका चार नावालक छोराछोरी आमा थला परेपछि विचल्लीमा परेका थिए ।
बुधबार एसओएस बालग्राम धनगढीले जौमतीका चार छोराछोरीलाई संरक्षणमा लिएको भोलिपल्ट उनको निधन भएको हो ।
घरमा जौमतीका १३ बर्षीय जेठा छोरा लोकराज न्यौपाने बाहेक अरु नरहेको र भोलि जौमतीका देवर भारतबाट आएपछि उनको अन्त्यष्टी गरिने वडा अध्यक्ष टेकबहादुर बुढाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?