कम उमेरमा विवाह गरेर पछुताउँदै महिला
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो...