गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १० गते । काभ्रे जिल्लामा नमूना पुस्तकालय बनाउने उद्देश्यसाथ पुस्तक संकलन अभियान शुक्रबार राजधानीबाट सुरु भएको छ । जनमत वाङ्मय प्रतिष्ठानले काभ्रे बहुमुखी क्याम्पस बनेपामा स्थापना गरिएको जनमत वाङ्मय पुस्तकालयलाई पुस्तक संकलन अभियान थालिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा।जगतप्रसाद उपाध्यायले सो अभियानको सुरुवात गर्नुभयो । पुस्तक अभियानलाई सदस्य सचिव डा।उपाध्यायले दुई सय पुस्तक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष एवं साहित्यकार मोहन दुवाललाई सुश्री भद्रकुमारी घले, प्रा। डा। उषा ठाकुर, साहित्यकार घनश्याम राजकर्णीकार, डा। गोविन्दराज भट्टराई, डा। रामप्रसाद ज्ञवाली, रोचक घिमिरे लगायत ५१ जना साहित्यकारहरुले करिव एक हजार पाँच सय थान पुस्तक हस्तान्तरण गर्नुभयो । पुस्तक राख्न स्थानीयवासीले ३० थान दराज उपलब्ध गराइसकेको जनाइएको छ ।
पुस्तकालयका अध्यक्ष दुवाललका नअुसार, पुस्तकालयमा आठ हजार थान विभिन्न विषयका पुस्तक सङ्कलन भइसकेको छ । काभ्रे बहुमुखी क्याम्पसको जग्गामा पुस्तकालय भवन निर्माणका लागि बनेपाका राजभाइ मानन्धरले ४५ लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।