सीमावारि निगरानी, पारी बालविवाह, शहरमा अभिमुखीकरण
रासस
भाद्र १८, २०७६ बुधबार
“हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो । अहिले त बालविवाह रोक्न आफैं बाल क्लबमा आवद्ध भएकी छु ।” बाल क्लबमा सक्रिय एक किशोरीको भनाइ हो यो ।