घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७६ बुधबार
बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिनुभयो ।