फरार अभियुक्त २६ वर्षपछि पक्राउ
गोरखापत्र अनलाइन ,
भाद्र १३, २०७६ शुक्रबार
काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।